Showing posts with label Marriage. Show all posts
Showing posts with label Marriage. Show all posts

Monday, June 17, 2013

Rajesh Hamal's sisters coming from USA for his marriage

Two of Rajesh Hamal's sisters are coming to Nepal for their brother's marriage. Rajesh's elder sister Dr. Rekha DC and younger sister Dr. Rupa Hamal live in the USA. Hamal's eldest sister Dr. Rita Singh lives in Kathmandu. Rajesh's all three sisters are medical doctors.

Rajesh is planning to get married after 7 months (in Magh) with his girlfriend Madhu Bhattarai. He has three options on where to perform the marriage ceremony - Muktinath, his ancestral home home in Nawalparasi or in Rara lake. Rajesh is more inclined towards Muktinath.

Tuesday, August 23, 2011

'गर्लफ्रेन्डले नाइँ नभने' राजेशदाइले अर्को वर्ष बिहे गर्ने

ए राजेशदाइकी गर्लफ्रेन्ड, प्लिज मान्देउ न है ! राजेश दाइले अहिले बिहे गरेनन भने कहिले गर्लान | राजेश दाइको पराक्रम बढ्दै जांदा उनको अंग प्रत्यंगले संसार छोप्न थाल्यो भने त्यसलाई सम्हाल्नको लागि भए पनि उनले बिहे नगरी हुदैन |

यो तलको गफ चै नागरिक बाट चोरेको:

सन्तोष पोखरेल, पोखरा, भदौ ४- अभिनेता राजेश हमाललाई अधिकांशले सोध्ने जिज्ञासा उनको बिहेमा घुम्ने गर्छ।
पोखराका सञ्चारकर्मीले समेत उनलाई यही प्रश्नले घेरा हाले। पोखरेली सञ्चारकर्मीको जिज्ञासाबाट उनी उम्कन पाएनन्। बिहेको प्रश्नमा उनको जवाफ सरल आयो, 'गर्लफ्रेन्ड'ले धोका नदिए २०१२ भित्र बिहे पक्का।'

हमालले आफ्ना लागि 'फिट' गर्लफ्रेन्ड भेटिएको र उनैसँग बिहेको तयारी भइरहेको बताए। तर, हमालले उनको परिचय भने खुलाएनन्। 'मैले भेटेको 'गर्लफ्रेन्ड'ले 'नाइँ' नभने अब बिहे पक्का हुनेछ,' उनले भने, 'तर गर्लफ्रेन्डले कहिलेसम्म अन्तिम निर्णय दिने भन्नेमा 'डेडलाइन' तोकेको छैन।'

२०११ भित्रै बिहे गर्ने सोच भए पनि विविध कारणले एक वर्ष पछाडि सरेको उनले बताए। 'सबै कुरा मिलाउँदै जाँदा केही समय पछि हुन गयो,' उनले भने, '२०१२ भित्रै बिहे पक्का हुन्छ, ममात्र तातेर मेरो बिहे हुने रहेनछ।'

हमालले २०१२ भित्र बिहे गर्ने थाहा पाएपछि एक ज्योतिषीले फोन गरेर २०१४ अघि बिहे नगर्न उनलाई सुझाएछन् पनि। तर, हमालले तीनै ज्योतीषिसँग सल्लाह गरेर २०१२ भित्रै बिहे गर्ने बाटो फुकाएका छन्।

'ज्योतिषीको सल्लाह बमोजिम 'गृहशान्ति' गरेर भए पनि २०१२ भित्र बिहे गर्ने बाटो फुकाएको छु,' पत्रकार महासंघ कास्कीको भवन अवलोकन गर्न शनिबार पुगेका हमालले भने, 'बस छुट्छ कि भन्ने डर लागेको छ, कुनै हालतमा बस छुट्न दिन्न।'

बिहेमा केटाकेटी तातेर नहुने भएकोले त्यसका लागि मध्यस्थकर्ताको आवश्यक पर्र्ने उनले अनुभव गरेका छन्। 'म तातेरमात्र बिहे हुने रहेनछ, मध्यस्थकर्ताको आवश्यकता पर्छ,' उनले भने, 'केटाकेटी मात्र होइन अरु पनि तात्नुपर्छ।'

बिहेको प्रष्टिकरणसँगै हमालले फिल्म खेल्ने आफ्नो उमेर अझैसम्म नढल्किएको बताए। फिल्ममा अभिनय गर्न थालेको दुई दशक नाघे पनि उमेर बाँकी रहेको उनको भनाइ छ।
'समय बित्दै जाँदा कलाकार गम्भीर र थप जिम्मेवार हुन्छन्, तर कलाकारिता जवानीमा निर्भर हुने पेशा भए पनि यसैप्रति समर्पित हुनेलाई फरक पर्दैन,' उनले भने, 'पेशाप्रति कुनै न कुनै भूमिकामा रहिरहन्छु।'

सरकारले हालैको बजेटमार्फत् पोखरामा व्यवस्थित फिल्म स्टुडियो बनाउने प्रस्ताव ल्याएकोमा हमाल खुशी छन्। उनले पोखरा आफैमा सुन्दर ठाउँ भए पनि सुटिङका लागि व्यवस्थित स्थल अभाव हुने गरेको बताए।

'सडकमै छायांकन गर्नुपर्दा दर्शकको भिडभाड हुने, फोहर बढ्ने, ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ,' उनले भने, 'व्यवस्थित ठाउँको अभाव खड्किएको छ।'

सुरुदेखि अन्तिमसम्मका सबै दृश्य एकै ठाउँमा खिच्न पाउने हो भने सुटिङ युनिटले कुनै झन्झट बेहोर्नु नपर्ने उनको भनाइ छ। 'सुटिङका लागि बाहिर कतै जान नपरोस भन्ने चाहना छ,' उनले भने, 'पोखराको हरेक ठाउँ फिल्मका लागि उपयुक्त भए पनि एकै ठाउँमा यी सबै पूर्वाधार हुने स्टुडियोको आवश्यकता रहेको छ।'

पत्रकार महासंघले अहिले पोखरामा करिब डेढ करोड रुपैयाँको लागतमा बहुउद्देश्यीय भवन बनाउँदैछ। भवन अवलोकन गर्न पुगेको हमालले कलाकारिताको क्षेत्रबाट पनि भवन निर्माणमा सघाउने बताए।

'धेरै पत्रकार मित्रहरुसँग भेटघाट भइरहन्छ, तर पत्रकार महासंघको कुनै पनि शाखामा गएको थिइनँ, यो नै पहिलोपटक हो।' विभिन्न संस्था र व्यक्तिको सहयोगमा कास्की महासंघले भवन बनाउँदैछ।