Showing posts with label जोक. Show all posts
Showing posts with label जोक. Show all posts

Sunday, August 7, 2011

राजेश दाइका तथ्य लाइ जोक भनेर अबमुल्यन गर्नेहरु

राजेश दाइका "जोक" जोक नभएर तथ्य हुन | नपत्याए राजेश दाइलाई सोध !

अब यी तथ्य लाइ जोक भनेर अबमुल्यन गर्ने साइट हरुको नाम हेर्नुहोस :

१. बिभिन्न तीन वटा राजेश हमालका बारेका तथ्य जम्मा गरेर जोक नाम दिने दृष्टता गर्ने यो साइटका कुनै पनि जोक होइनन : क. राजेश हमाल जोक्स – भाग ३ ख. राजेश हमाल जोक्स – भाग २ ग. राजेश हमाल जोक्स – भाग १

२. कान्तिपुरका पत्रकार भनाउदा चिठी बोक्ने मोटरले (पत्र - चिठी, कार - मोटर) पनि राजेश दाइको बेइजेत गरेका छन् - यसरी उनका पराक्रमलाई जोक बनाएर

३. राजेश दाइका फलामे हातलाई लाई नेपाली सिनेमाको अधोगतिमा प्रमुख कारक रहेको दाबी गर्ने मेरोसिनेमा ले तिनै हातको करामतलाइ भने जोक भन्ने गरेको रहेछ | (पढेको त हो तर लिंक फेला परेन)

४. अन्य मैले पढे नपढेका फेसबुक, ट्वीटरका "जोक" पेजहरु पनि गलत अर्थलाग्ने नाम राखेर प्रस्तुत भएका छन् जसको हामी घोर बिरोध गर्छम |