Sunday, August 7, 2011

राजेश दाइका तथ्य लाइ जोक भनेर अबमुल्यन गर्नेहरु

राजेश दाइका "जोक" जोक नभएर तथ्य हुन | नपत्याए राजेश दाइलाई सोध !

अब यी तथ्य लाइ जोक भनेर अबमुल्यन गर्ने साइट हरुको नाम हेर्नुहोस :

१. बिभिन्न तीन वटा राजेश हमालका बारेका तथ्य जम्मा गरेर जोक नाम दिने दृष्टता गर्ने यो साइटका कुनै पनि जोक होइनन : क. राजेश हमाल जोक्स – भाग ३ ख. राजेश हमाल जोक्स – भाग २ ग. राजेश हमाल जोक्स – भाग १

२. कान्तिपुरका पत्रकार भनाउदा चिठी बोक्ने मोटरले (पत्र - चिठी, कार - मोटर) पनि राजेश दाइको बेइजेत गरेका छन् - यसरी उनका पराक्रमलाई जोक बनाएर

३. राजेश दाइका फलामे हातलाई लाई नेपाली सिनेमाको अधोगतिमा प्रमुख कारक रहेको दाबी गर्ने मेरोसिनेमा ले तिनै हातको करामतलाइ भने जोक भन्ने गरेको रहेछ | (पढेको त हो तर लिंक फेला परेन)

४. अन्य मैले पढे नपढेका फेसबुक, ट्वीटरका "जोक" पेजहरु पनि गलत अर्थलाग्ने नाम राखेर प्रस्तुत भएका छन् जसको हामी घोर बिरोध गर्छम |

1 comment:

  1. K tal ko kura gareko hola
    chup lagera base bhai halyo
    Hasse ko paisa lagdena
    Ko lay pataucha ra jokes haru
    Jhan free publicity bhai racha rajesh dai ko

    ReplyDelete